IME Life
Beema Board

सिद्धार्थ प्रिमियरको नयाँ लोगो, ‘प्रिमियरको चौघेरामा भगवान सिद्धार्थ’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साविक प्रिमियर इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनी मर्जर भएर आजदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेड भएका छन् । दुई कम्पनीको मर्जर सँगै लोगोलाई पनि मर्जर गरिएको छ ।

साविक प्रिमियर इन्स्योरेन्स कम्पनीको लोगो भित्र साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लोगोलाई समावेश गरिएको छ । जहाँ साविक प्रिमियरको चौघेरामा भगवान सिघार्थको तश्विर राखिएको छ । भगवान सिद्धार्थ गौतमको नामबाटै सिद्धार्थ इन्स्योरेन्स भनेर राखिएको थियो ।

Prabhu
Crest

दुबै कम्पनीका लगानीकर्ताले आफ्नो साविकको अस्तित्व नमेटिने गरी नाम सहित लोगो तयार पारेका हुन् । दुबै कम्पनीले बराबरी हैसियतमा मर्जर सम्पन्न गरेका छन् । निर्जीवन बीमा क्षेत्रमा यो तेस्रो सफल मर्जर हो । यस भन्दा अगाडी एभरेष्ट र हिमालयन मिलेर हिमालयन एभरेष्ट बनेको छ भने सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी मिलेर सानिमा जिआइसी बनेको छ ।

मर्जर सँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड पुगेको छ । यस सँगै चुक्ता पूँजीका हिसावले यो नै अहिलेसम्मकै सबैभन्दा धेरै पूँजी भएको कम्पनी बनेको छ । त्यस्तै जगेडा कोषमा ५८ करोड २२ लाख जम्मा भएको छ । खुद बीमा शुल्क आर्जनका हिसावले शिखर पछि दोस्रो ठुलो कम्पनी बनेको छ । कम्पनीले सबैभन्दा ठुलो निर्जीवन बीमा कम्पनी शिखरलाई टक्कर दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS