Connect IPS
IME Life

लघु बीमा निर्देशिका अझै आएन, व्यवसायिक रणनीति बनाउन पाएनन् !

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अझै लघु बीमा निर्देशिका ल्याउन सकेको छैन । प्राधिकरणले गत भदौ महिनामै लघु बीमा कम्पनीको लाइसेन्स जारी गरे पनि अझै निर्देशिका भने तयार पार्न सकेको छैन । प्राधिकरणले लाइसेन्स पाएका ७ लघु बीमा कम्पनीहरुलाई गत माघ अन्तिम साता पत्राचार गरेर ४५ दिन भित्र तोकिएको पूँजी जुटाउन निर्देशन दिइसकेको छ । कम्पनीहरुले चैत १५ भित्रमा तोकिएको पूँजी जुटाएर व्यवसायको लागि प्रारम्भिक अनुमतिपत्र प्राप्त गर्ने छन् ।

यसरी सामान्य निर्देशिका समेत सार्वजनिक नहुँदा लघु बीमा कम्पनीहरुले के कस्तो व्यवसाय गर्न पाउने, कती बीमाङ् रकमसम्मको व्यवसाय गर्न पाउने भन्ने विषय अझै अन्योलमा छ । हाल जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले जतिसुकै बीमाङ्कको पनि बीमा गर्दै आइरहेका छन् । अर्को अहिले विद्यमान बीमा कम्पनीहरुको अधिकाम्स व्यवसाय न्युनतम बीमाङ्ककै छन् ।

Prabhu
Crest

अर्को तर्फ लघु बीमाको सिलिङको विषयमा अहिलेसम्म पनि प्राधिकरणले निर्णय गर्न सकेको छैन । प्राधिकरणका अनुसार अझै पनि सिलिङका विषयमा छलफल भइरहेको छ । जीवन बीमा कम्पनीहरुले ५ वा १० लाख कति रुपैयाँसम्मको व्यवसाय गर्न पाउने भन्ने विषयमा अन्योलता छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि कति बीमाङ्क रकमसम्मको बीमा गराउ पाउने भन्ने निर्णय भएको छैन ।

अहिले नै निर्देशिका बनाउदा सिलिङ र कार्यक्षेत्रका विषयमा विवाद आउन सक्ने भन्दै प्राधिकरणले निर्देशिका रोकेर राखेको बुझिएको छ । अहिले नै सिलिङ तोकिदा अभिकर्ता तथा बीमितले लघु बीमा कम्पनीबाटै व्यवसाय गर्ने योजना बनाउदा अहिलेकै विद्यमान बीमा कम्पनीलाई असर पार्ने प्राधिकरणको धारणा छ ।

बीमा कम्पनीहरुले तोकिएको पूँजी जुटाएर व्यवसाय शुभारम्भ गर्नु अगाडी निर्देशिका जारी गर्ने प्राधिकरणको योजना रहेको बुझिएको छ । यसरी सम्भावित छलफललाई रोक्न तथा चलखेल हुनबाट रोक्न बीमा प्राधिकरणले यस्तो रणनीति बनाएको हो ।

माइक्रोका विषयमा बीमा नियमावलीले पनि केहि बोल्ने निश्चित छ । बीमा ऐन र बीमा नियमावलीलाई समेटेर मात्रै निर्देशिका जारी गर्ने प्राधिकरणका एक अधिकारीले जानकारी दिए । समयमा निर्देशिका नल्याउदा पुराना तथा नयाँ सबै बीमा कम्पनीहरुलाई प्रभाव पार्ने देखिन्छ । यदि समयमै निर्देशिका जारी भयो भने नयाँ बीमा कम्पनीहरुले पनि पोलिसी डिजाइन गर्न थाल्ने छन् । सोहि अनुसार दर निर्धारण गर्नेदेखि लिएर व्यवसायिक रणनीति बनाउन पाउने छन् ।

प्राधिकरणले तीन वटा जीवन र चार वटा निर्जीवन लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको छ । कतिपयले पूँजी संकलन गर्ने कार्यलाई अन्तिम चरणमा पुर्याएका छन् । केहिले प्रमुख कार्यकारी अधिकृतका लागि आन्तरिक रुपमै विज्ञापन जारी गरेर छनोट गरिसकेका छन् । केहिले कर्मचारी नियुक्तिको काम पनि सुरु गरिसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS