Connect IPS
IME Life

सरकारले पुर्णता नपाउदा लगानीकर्तामा अन्योलता, २४ अंकले घट्दा कारोबार रकम एक अर्ब २८ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले पुर्णता नपाउदा लगानीकर्तामा अन्योलता छाएको छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता सँगै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाए पछि अर्थमन्त्री को हुने भन्ने निर्क्यौल हुन सकेको छैन । राष्ट्रपति निर्वाचनको पुर्वसन्ध्यामा निर्माण भएको ८ दलिय गठबन्धनको कार्यदिशा के हुनेभन्ने अहिलेसम्म पनि सार्वजनिक हुन सकेको छैन ।

दलिय भागबण्डा नमिलेका कारण अहिलेसम्म सरकारले पुर्णता पाउन सकेको छैन । यस अवधिसम्म शेयर बजारमा लगातार गिरावट आउने देखिन्छ । यसका अतिरिक्त सञ्चार माध्यममा अर्थतन्त्र धरासायी भइरहेको भन्दै समाचार आउन थालेका छन् ।

Prabhu
Crest

बैंक वित्तीय संस्थाले कर्जा उठाउन नसकेकोदेखि लिएर अझै आर्थिक संकट चुलिने विश्लेषण हुन थालेको छ । यसले पनि लगानीकर्तालाई त्रसिद बनाउदै गइरहेको छ । बुधबार नेप्से सूचक २४.४४ अंकले तल झर्दा कारोबार रकम एक अर्ब २८ करोडमा सिमित भएको छ । प्राविधिक विश्लेषकहरुले यहि आज बजारमा सुधार देखियो भने बढ्न सुरु हुने आकलन गरेका थिए । तर बजार बजार सुधार भन्दा पनि तल झर्यो ।

आज २० वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिदा १८९ वटा कम्पनीको शेयर मूल्यमा भारि गिरावट देखियो । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सर्वाधिक सुधार हुँदा सकारात्मक सर्किट लागेको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट देखिन्छ ।

अझै पनि राजनीतिक समिकरण कसरी अगाडी बढ्छ भन्ने अन्योलता कायमै छ । जुनसुकै वेलामा जे सुकै हुन्छ भन्ने त्रासमा लगानीकर्ता छन् । यदि अहिलेकै राजनीतिक गठबन्धन कायम रह्यो भने पनि सरकारलाई गभर्नर महाप्रसाद अधिकारी सबैभन्दा अप्ठ्यारा व्यक्ति हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS