IME Life
Beema Board

आजबाट एकीकृत कारोबार गर्ने सिद्धार्थ र प्रिमियरको कस्तो देखिने छ वित्तिय अवस्था ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आज अर्थात फागुन १७ गतेबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्दै छन् । यी  कम्पनी १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जर पश्चात दुवै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड पुग्ने छ ।

दुवै कम्पनीको आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिएको तुलनात्मक अध्ययन : 

Prabhu
Crest

जगेडा कोषको आधारमा :
प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड १४ लाख रहेको छ । समान हैसियतमा मर्जरमा गएका यी दुई कम्पनीको जगेडामा ५८ करोड २२ लाख रुपैयाँ संचित हुने छ ।

बीमा कोषको आधारमा :
प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २५ करोड रहेको छ । मर्जर पश्चात दुई कम्पनीको बीमा कोषमा २ अर्ब ३५ करोड रुपैयाँ हुने छ ।

कूल बीमा शुल्क :
प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ०७ करोड कूल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ४० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । दुई कम्पनीको बीमा शुल्क जोडेर हेर्दा २ अर्ब ४७ करोड हुनेछ ।

खुद नाफाको आधारमा :
प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमाससम्म १५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १४ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

वार्षिक प्रति शेयर आम्दानी :
प्रिमियर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ २७ पैसा छ भने सिद्धार्थ इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी २० रुपैयाँ ९९ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा हुन्छ ।

किताबी मूल्यको आधारमा :
प्रिमियर इन्स्योरेन्सको किताबी मूल्य २०४ रुपैयाँ २३ पैसा छ भने सिद्धार्थ इन्स्योरेन्सको किताबी मूल्य २१६ रुपैयाँ ९१ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको किताबी मूल्य २१० रुपैयाँ ५७ पैसा हुने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

6%

दु :खी

6%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS