काठमाडौं । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आज अर्थात फागुन १७ गतेबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गर्दै छन् । यी कम्पनी १ः१ को स्वाप रेसियोमा मर्ज भएका हुन् । मर्जर पश्चात दुवै कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड पुग्ने छ ।
दुवै कम्पनीको आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा गरिएको तुलनात्मक अध्ययन :
जगेडा कोषको आधारमा :
प्रिमियर इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ८ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको जगेडा कोषमा २८ करोड १४ लाख रहेको छ । समान हैसियतमा मर्जरमा गएका यी दुई कम्पनीको जगेडामा ५८ करोड २२ लाख रुपैयाँ संचित हुने छ ।
बीमा कोषको आधारमा :
प्रिमियर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ९ करोड रुपैयाँ रहेको छ भने सिद्धार्थ इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब २५ करोड रहेको छ । मर्जर पश्चात दुई कम्पनीको बीमा कोषमा २ अर्ब ३५ करोड रुपैयाँ हुने छ ।
कूल बीमा शुल्क :
प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ०७ करोड कूल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ४० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । दुई कम्पनीको बीमा शुल्क जोडेर हेर्दा २ अर्ब ४७ करोड हुनेछ ।
खुद नाफाको आधारमा :
प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष ७९/८० को दोश्रो त्रैमाससम्म १५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सले १४ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
वार्षिक प्रति शेयर आम्दानी :
प्रिमियर इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी २२ रुपैयाँ २७ पैसा छ भने सिद्धार्थ इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी २० रुपैयाँ ९९ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ६३ पैसा हुन्छ ।
किताबी मूल्यको आधारमा :
प्रिमियर इन्स्योरेन्सको किताबी मूल्य २०४ रुपैयाँ २३ पैसा छ भने सिद्धार्थ इन्स्योरेन्सको किताबी मूल्य २१६ रुपैयाँ ९१ पैसा छ । मर्जर पश्चात दुई कम्पनीको किताबी मूल्य २१० रुपैयाँ ५७ पैसा हुने छ ।