Connect IPS
IME Life

अर्थमन्त्री तय नहुँदा लगानीकर्ता अन्योलमा, ३.८१ अंकले घट्दा कारोबार रकम खुम्चियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एमालेले सरकारलाई सरकारलाई दिएको समर्थन फिर्ता लिदै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाए सँगै अव प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलमा अर्थमन्त्री को हुने भन्ने विषय टुङ्गो नलाग्दा लगानीकर्ता अन्योलमा परेका छन् । अर्थमन्त्री कुन राजनीतिक दलको हुने भन्ने विषय अहिलेसम्म पनि टुङ्गो लाग्न नसक्दा आज शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ ।

राष्ट्रपतिको चुनाव अगाडी नै मन्त्रालय भागबण्डा गर्ने ८ दलिय गठबन्धनको योजना रहेको छ । यहि फागुन २६ गते हुने राष्ट्रपतिको निर्वाचन अगाडी नै प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भन्ने कुराहरु आइरहेको छ । यदि उनले विश्वासको मत लिन चाहेमा तत्काल मन्त्रीमण्डल पनि विस्तार गर्नु पर्ने हुन्छ ।

Prabhu
Crest

सरकारबाट अर्थमन्त्री विष्णु पौडेलको बहिर्गमन सँगै अव को अर्थमन्त्री हुन्छ भन्ने अन्योलता कायमै छ । यदि नेपाली कांग्रेसले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्यो भने शेयर बजारमा सुधार आउने विश्लेषण गरिएको छ । तर भागबण्डाकै क्रममा माओवादीले नै अर्थमन्त्रालय सम्हाल्यो भने पुन शेयर बजारमा असर पर्ने विश्लेषण गरिएको छ । अव हुने अर्थमन्त्रीको प्रमुख जिम्मेवारी गभर्नर महाप्रसाद अधिकारीलाई पनि सम्हाल्न सक्ने किसिमको हुनु पर्छ नत्र अर्थमन्त्रालय र राष्ट्र बैंकको टकराबले नै अर्थमन्त्रालय धरासयी हुनेछ ।

आज मंगलबा नेप्से सूचक ३.८१ अंकले घटेर बन्द भएको छ । सूचक २०१९.७३ अंकमा रोकिएको छ । कारोबार रकम पनि एक अर्ब ३८ करोडमा सिमित भएको छ । सूचक तल झरे पनि नयाँ अर्थमन्त्री आउने वित्तीकै शेयर बजार बढ्ने आकलनले लगानीकर्ताले शेयर बिक्री गर्न मानेका छैनन् ।

जलविद्युत सहित चार वटा सूचकमा सुधार देखिए पनि अन्य सूचकमा गिरावट आएको छ । आज ८८ वटा कम्पनीको शेयर मूल्यमा सुधार आएको छ भने ११८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS