काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३ दशमलव ८१ अंकले घटेर २,०१९ दशमलव १७ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २६२ कम्पनीको ३९ लाख ४६ हजार २४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ६ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ६ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।