Connect IPS
IME Life

७ महिनामा जीवन बीमा कम्पनीहरुको ब्यापार ८३ अर्ब ३९ करोड, कुनले कति गरे ? (सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ ८० को माघ महिनासम्ममा ८३ अर्बमाथि कुल व्यवसाय गरेका छन् । कम्पनीहरुले माघ महिनासम्ममा १ करोड ४२ लाख ६० हजार १३९ वटा बीमालेख विक्री गरी ८३ अर्ब ३९ करोड १४ लाख रुपैयाँ कुल ब्यापार गरेका छन् । यस अवधिसम्ममा यी कम्पनीहरुले १६ अर्ब ४५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ६६ अर्ब ९३ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । यस तथ्याङकलाई हेर्ने हो भने जीवन बीमा कम्पनीहरु नयाँ व्यवसायभन्दा पनि पुरानो व्यवसाय नविकरणकै भरमा अडिएका छन् ।

बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक हेर्दा यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमा शुलक आर्जन गरेको छ । यस अवधिमा कम्पनीले २१ अर्ब ६४ करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १० अर्ब २२ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ८ अर्ब ९८ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, यस अवधिसम्ममा राष्ट्रिय बीमा संस्थानको कुल बीमा शुल्क आर्जन ६ अर्ब ४८ करोड, सूर्याज्योति लाइफको ४ अर्ब ८६ करोड, यूनियन लाइफको ४ अर्ब ५४ करोड, एशियन लाइफको ४ अर्ब १० करोड, सिटिजन लाइफको ३ अर्ब १४ करोड, मेट लाइफको २ अर्ब ९० करोड, प्राइम लाइफको २ अर्ब ६३ करोड, आइएमई लायफको २ अर्ब ३२ करोड, सन नेपाल लाइफको २ अर्ब २९ करोड, रिलायबल नेपाल लाइफको २ अर्ब ८ करोड रहेको छ ।

त्यसैगरी रिलायन्स लाइफको कुल बीमा शुल्क आर्जन १ अर्ब ७८ करोड, गुराँस लाइफले १ अर्ब ७७ करोड, सानिमा लाइफको १ अर्ब ४८ करोड, प्रभु लाइफको १ अर्ब २२ करोड र महालक्ष्मी लाइफको ८९ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS