Connect IPS
IME Life

नेपाल इन्स्योरेन्सका अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई बर्खास्त गर्न कम्पनीलाई प्राधिकरणको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काटमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष अर्जुन शर्मा पौडेल र संचालक विष्णु खेतान अग्रवाललाई बर्खास्त गर्न निर्देशन दिएको छ । प्राधिकरणले मर्जरमा जाने जाने सर्तमा अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई पुनःनियुक्ति गर्न अनुमति दिएको थियो ।

तर कम्पनी पुर्व सर्त अनुसार मर्जर प्रकृयाँमा नगए पछि अध्यक्ष पौडेल र सञ्चालक अग्रवाललाई बर्खास्त गर्न कम्पनीको सञ्चालक समितिलाई निर्देशन दिइएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Prabhu
Crest

अग्रवाल गत जेठ २९ गते सञ्चालक पदमा पुनः नियुक्ति भएका थिए । नेपाल इन्स्योरेन्स कम्पनीले दुबैलाई संस्थागत सुशासन विपरित सञ्चालक पदमा नियुक्त गर्दा गर्दै पनि प्राधिकरणले मर्जरमा जाने सर्तमा अनुमोदन गरिदिएको थियो ।

प्राधिकरणले नेपाल इन्स्योरेन्स सहित तीन वटा बीमा कम्पनीहरुलाई मर्जर गराउन चाहेको थियो । यसै क्रममा प्राधिकरण आफैले पटक पटक नेपाल इन्स्योरेन्स सहित, आइएमई जनरल र प्रुडेन्सिल विच धेरै चरणमा छलफल गर्यो । जतिसुकै प्रयास गर्दा पनि अन्तिममा मर्जर भाडियो । अहिले आइएमई जनरल र प्रुडेन्सियलले मर्जरको संझौता गरेका छन् । नेपाल इन्स्योरेन्स कम्पनी एक्लै परेको छ ।

प्राधिकरणले दुई सञ्चालकलाई पुर्व सर्त अनुसार तत्काल बर्खास्त गर्न निर्देशन दिएकाले अवको केहि समयमा कम्पनीको सञ्चालक समितिले बर्खास्त गर्नु पर्नेछ । अध्यक्ष पौडेल र अग्रवाल तेस्रो कार्यकालका लागि चयन हुँदै गर्दा प्राधिकरणले संस्थागत सुशासन विपरित हुँदा हुँदै पनि कारबाही नगरी बसेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

43%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS