Connect IPS
IME Life

एमाले सरकारबाट बाहिरिदा शेयर बजारमा झिनो गिरावट, राष्ट्रपतिको चुनाव अगाडी नै बढ्ने संकेत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरु फिर्ता बनाउने निर्णय गरे सँगै शेयर बजारमा सामान्य गिरावट देखिएको छ । आठ दलिय गठबन्धन सँगै एमालेले सरकारलाई लिएको समर्थन फिर्ता लिएको हो ।

राष्ट्रपतिको निर्वाचन अगाडी नयाँ राजनीतिक ध्रुविकरण हुँदै गर्दा शेयर बजारमा पहिरो गएको थियो । निर्वाचन पछि नेकपा माओवादी र एमाले सहितको सरकार गठन भएको थियो । अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आउने चर्चा बढ्न सुरु भएको शेयर बजार उनि अर्थमन्त्री भए पछि तीन सय अंक भन्दा धेरैले बढ्यो ।

Prabhu
Crest

लगानीकर्ताले पौडेललाई ठुलो विश्वास गरेका थिए । तर अर्धवार्षिक मौद्रिक समिक्षामा पौडेलले कुनै पनि भुमिका खेल्न सकेनन् । त्यस पछि उनि आए सँगै सुधार भएको शेयर बजार अन्तत घट्यो । नयाँ राजनीतिक ध्रुविकरण सँगै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पनि एम अधिकारीको स्वरुपमा फर्किसकेका छन् । यसले गर्दा शेयर बजारमा ठुलो पहिरो गयो ।

आज नेकपा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा केहि समय शेयर बजार तल झर्यो । तर अन्तिम समयमा शेयर बजार बढेर बन्द भयो । अर्थमन्त्रीबाट पौडेल बाहिरिए पनि अव प्रधानमन्त्री प्रचण्डको सरकारमा नेपाली कांग्रेसको तर्फबाट अर्थमन्त्री आउने छन् । नेपाली कांग्रेसबाट अर्थमन्त्री आउने चर्चा सँगै शेयर बजार बढेर बन्द भएको छ ।

अव आउने अर्थमन्त्रीका लागि गभर्नर अधिकारी केहि अप्ठ्यारा व्यक्ति हुने छन् । उनले हदैसम्मको अवरोध गर्नेछन् । यस भन्दा अगाडी जनार्दन शर्मालाई गभर्नर अधिकारीले हदैसम्म पेलेका थिए । उनले सरकारलाई असफल बनाउन कतिपय तथ्याङ्कन नै लुकाइदिए । वैदेशिक मुद्रा सञ्चितिले ५ महिना पनि आयात धान्न नसक्ने भन्दै गलत प्रचार गरिदिए ।

चुनाव पछि नेकपा एमाले र माओवादीको गठबन्धन बन्यो । त्यस पछि अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आए । यस सँगै गभर्नर अधिकारी एकाएक राम्रा गभर्नरको रुपमा प्रस्तुत भए । त्यसैले अवको अर्थमन्त्रीलाई पनि गभर्नर अधिकारी घाडो हुने छन् ।

सोमबार नेप्से सूचक ३.६५ अंकले घटेर २०२३.५४ अंकमा रोकिएको छ । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दा केहि समय शेयर बजार तल झरेको थियो । यस अवधिमा ४० अंकसम्म तल झर्यो । यसरी ३७ अंकको बाउन्स व्याक हुँदै ३.६५ अंकको गिरावट भएर बन्द भएको छ ।

सूचकमा तिव्र उतारचढाव हुँदा कारोबार रकम एक अर्ब ८९ करोड नाघेको छ । आज ७१ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १३५ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । सोमबार ५ वटा सूचकमा सुधार देखिएको छ भने बाँकी सूचक घटेका छन् । सबैभन्दा धेरै फाइनान्सका सूचक घटेका छन् भने होटल तथा पर्यटनको सूचक बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS