Connect IPS
IME Life

बीमा प्राधिकरणले मेट लाइफलाई दियो लाभांश लैजाने स्वीकृति, सम्पुर्ण जोखिम केन्द्रिय कार्यालयले बेहोर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मेट लाइफ इन्स्योरेन्स कम्पनीलाई लाभांश लैजान स्वीकृति दिएको छ । प्राधिकरणको बोर्डले कम्पनीलाई गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २० प्रतिशत लाभांश लैजान पाउने निर्णय गरेको हो । चुक्ता पूँजी नभएकाले कम्पनीले मुनाफाको २० प्रतिशत बराबरको रकम लाभांशको रुपमा लैजान पाउनेछ ।

मेट लाइफले प्राधिकरणमा पुस मसान्त भित्रै वित्तीय विवरण स्वीकृतिका लागि पेश गरेको भए पनि लाभांशको समेत प्रस्ताव गरेका कारण स्वीकृत हुन सकेको थिएन । प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई यहि चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको छ । तर मेट लाइफले यस भन्दा अगाडीको २ अर्बको क्यापिटल प्लान नै पुरा गर्न सकेको छैन ।

Prabhu
Crest

५ वर्ष अगाडीको क्यापिटल प्लान जारी गर्दा कम्पनीलाई प्राधिकरणले क्यापिटल बराबरको पैसा जगेडा कोषमा जम्मा गर्न निर्देशन दिएको थियो । जगेडा कोषमा २ अर्ब पुगे पछि मात्रै लाभांश लैजान पाउने व्यवस्था गरे पछि मेट लाइफले जगेडा कोषमा २ अर्ब पुर्याएर लाभांश लगिरहेको छ ।

तर यस पटक न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याइएकाले अव के गर्ने भन्ने अन्योलतामा प्राधिकरण थियो । मेट लाइफ नेपालले आफु अमेरिकन बीमा कम्पनीको एउटा शाखा कार्यालयको रुपमा सञ्चालन भइरहेको भन्दै पूँजी पुर्याउन मानिरहेको छैन ।

प्राधिकरणको बोर्डले कम्पनीको जस्ता सुकै जोखिम तथा दायित्वको जिम्मेवारी केन्द्रिय कार्यालयले बेहोर्ने सर्त राखेर लाभांश लैजान स्वीकृति दिएको हो । केहि भइहाल्यो भने त्यसको जम्मेवारी केन्द्रिय कार्यालयले लिनु पर्ने प्राधिकरणको सर्त छ । यहि सर्तका आधारमा कम्पनीलाई लाभांश वितरण योग्य मुनाफाको २० प्रतिशत रकम बोनसको रुपमा लैजान पाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालले वैदेशिक लगानीका लागि बाटो खुला गरिरहेको छ । राज्यले नै आफ्नो नीतिमा लाभांश लैजान पाउने सुनिश्चता प्रदान गर्दै गर्दा मेट लाइफलाई लाभांश लैजान बन्देज गर्न नहुने प्राधिकरणका बोर्ड सदश्यहरुको तर्क थियो । वैदेशिक लगानीलाई प्रोत्साहन गर्दै गर्दा लाभांश लैजाने काममा रोक्न नहुने बोर्डको भनाइ थियो ।

यहि कारणले मेट लाइफको लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरणहरु स्वीकृत भइरहेको थिएन । बोर्डले लाभांश लैजान स्वीकृति दिए सँगै लेखापरीक्षण पनि छिट्टै स्वीकृत हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS