SKIP THIS

MLBL
IME Life
Beema Board

आत्मनिर्भर लघुवित्तको आइपीओमा हालसम्म कति पर्यो आवेदन ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा १२ लाख २४ हजार १६ जनाको आवदेन परेको छ । सिडिएसको आज ५ बजेसम्मको तथ्याङक अनुसार यी आवेदहरुबाट १ करोड ३६ लाख ८० हजार ३३० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएभन्दा धेरै आवेदन बढी हो ।

कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणका लागि १ लाख ६९ हजार ७५५ कित्ता आइपीओ सार्वजनिक निष्काशनमा ल्याएको हो । सर्वसाधारणका लागि कम्पनीले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२ दशमलव ६२५ प्रतिशत दरको २ लाख ३ हजार ३८० कित्ता शेयर विक्री गर्न अनुमति पाएको थियो ।

Prabhu
Crest

कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमा बाँडफाँट गरी ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरू र १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्काशनमा ल्याएको हो ।

आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आइपीओमा आवेदन दिने अन्तिम दिन भोलि सोमवार रहेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS