काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २ः१ अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि फागुन ५ गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीको विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।स्वीकृति पाएपछि कम्पनीले प्रतिकित्ता १०० अंकित दरका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।