काठमाडौं । आज बजार शुरुमा भारी अंकले घटेर बन्द हुँदा सामान्य बृद्धि भएर बन्द भएको छ । आज परिसूचक ५१ अंकले सम्म घटेको थियो भने बन्द हुँदा ४ दशमलव ५५ अंकले बढेर बन्द भएको छ । आज नेप्से २,०२७ दशमलव १९ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मुल्य बढेको छ भने ६२ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै विजय लघुवित्तका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले ७ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशमलव ६० प्रतिशतका दरले कमाएका छन् । अभियान लघुवित्तका लगानीकर्ताले ७ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै सिटिजन म्युचुअल फण्ड १ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ७ दशमलव ८५ प्रतिशतका दरले गुमाएका हुन् । जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ५ दशमलव ३६ प्रतिशतका दरले गुमाएका छन् ।