Connect IPS
IME Life

एकै दिन ५२ अंकको बाउन्स व्याक सहित ४.५५ अंकको सुधार, अन्तिममा किन बढ्यो शेयर बजार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजार राजनीतिक ध्रुविकरणमै रुमलिन थालेको छ । शुक्रवार नेकपा माओवादीले नेकपा एमालेको गठबन्धनलाई तोड्दै नेपाली कांग्रेसलाई समर्थन गरे सँगै राजनीतिक ध्रुविकरणमा तिव्र उतारचढाव आइरहेको छ ।

चुनावमा नेकपा माओवादीले नेपाली कांग्रेस सहित ५ दलिय गठबन्धन बनाएको थियो । पहिलो दल बनेको नेपाली कांग्रेसले प्रधानमन्त्री नछाडे पछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन तोड्दै नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

Prabhu
Crest

प्रधानमन्त्री प्रचण्डको नेकपा माओवादी पुनः पुरानै गठबन्धनमा फर्किएको छ । यस सँगै सरकारलाई समर्थन गरेको राप्रपाले सरकारबाट मन्त्री फिर्ता बोलाउदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ । अहिलेसम्म नेकपा एमालेले भने सरकारलाई दिएको समर्थन भने फिर्ता लिइसकेको छैन । फागुन २६ गते हुन गइरहेको राष्ट्रपतिको चुनावका लागि माओवादी सहित पुरानो राजनीतिक गठबन्धनले नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने ऐमालेले चुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

यी दुई जनाको उम्मेदवारीले अझै राजनीतिक ध्रुविकरण कसरी अगाडी बढ्छ भन्ने अन्योलता कायमै छ । कुनै पनि वेला राजनीतिक ध्रुविकरणमा परिवर्तन आउन सक्ने विश्लेषण गरिएको छ । यसले गर्दा शेयर बजारका लगानीकर्ता अन्योलमा छन् । राजनीतिक अन्योलताले गर्दा आज शेयर बजारमा कारोबार सुरु भएको केहि समयमै ५२ अंक भन्दा धेरैको गिरावट आयो । त्यस पछि कारोबारको अन्तिम एक घण्टाकै सुरुमा ५२ अंकको बाउन्स व्याक सहित १२ अंक भन्दा धेरैले सुधार भयो ।

तर उक्त सुधारले निरन्तरता पाउन सकेन । लगत्तै १३ अंकले तल झर्यो । कारोबारको अन्तिम समयमा भने झिनो अंक सहित सुधार देखियो । शेयर बजारमा तिव्र उचारचढाव हुँदा कारोबार रकम भने ह्वात्तै बढ्यो । राजनीतिक अस्तरता भएको भन्दै ठुला लगानीकर्ताले साना लगानीकर्तालाई अत्याउदै शेयर खरिद गरिरहेका छन् ।

साताको पहिलो कारोबारका दिन नेप्से सूचक ४.५५ अंकले बढेर २०२७.१९ अंकमा रोकिएको छ । सूचकमा तिव्र उतारचढाव हुँदा कारोबार रकम भने २ अर्ब ५२ करोड नाघेको छ । शेयर बजारमा भारी गिरावट आउदा ठुला लगानीकर्ताले शेयर उठाउन खोज्दा ५२ अंकको बाउन्स व्याक सहित ४.५५ अंकले सुधार भएको हो ।

आज १४६ वटा कम्पनीको शेयर मूल्यमा सुधार आउदा ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । अहिले शेयर बजार तल झर्दा जुन सुकै राजनीतिक नतिजा शेयर बजारका लागि सकारात्मक रहन्छ । माओवादी सहित एमालेको समिकरण रहिरह्यो भने पनि शेयर बजार बढ्नेछ साथै माओवादी सहित नेपाली कांग्रेसको समिकरण रह्यो भने अर्थमन्त्रीमा नेपाली कांग्रेस आउनेछ । यसले पनि शेयर बजारमा सुधार ल्याउन मद्दत गर्नेछ । त्यसैले ठुला लगानीकर्ताको मुख्य उद्देश्य भनेको अहिले जसरी पनि शेयर बजारलाई तल झार्ने हो । अहिलेको समयमा जतिसक्दो तल झार्यो भोलिका दिनमा त्यति धेरै फाइदा हुने उनिहरुको दाउ छ । चैत अन्तिमदेखि शेयर बजारमा जसरी पनि सुधार हुनेछ । त्यसैले पनि ठुला लगानीकर्ताले साना लगानीकर्तालाई दच्काउदै शेयर मूल्य घटाउने काम गरिरहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

31%

अचम्मित

6%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS