काठमाडौं । आज बजार शुरुमा भारी अंकले घटेर बन्द हुँदा सामान्य बृद्धि भएर बन्द भएको छ । आज परिसूचक ५१ अंकले सम्म घटेको थियो भने बन्द हुँदा ४ दशमलव ५५ अंकले बढेर बन्द भएको छ । आज नेप्से २,०२७ दशमलव १९ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा २६२ कम्पनीको ६५ लाख १५ हजार ८५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्लिरीको शेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, एनआइसी एशिया बैंकको ७ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । छिमेक लघुवित्तको ७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।