काठमाडौं । पछिल्लो समयमा नेपालमा बिवाह ब्रतबन्ध अन्नप्रासन (पास्नी) तथा बिशेष अवसर पारेर बीमा पोलिसी प्रदान गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । जसले आर्थिक सुरक्षा प्रदान गर्नुका साथै भबिस्यको लागि बचत तथा जोखिम बहन समेत प्राप्त हुनेछ्र ।
यसैक्रममा म्याग्दे गा,पा ४ थर्पु बस्ने श्रीमान बिष्णु कुमार श्रेष्ठ र श्रीमती अप्सरा श्रेष्ठ दम्पतिले छोरी अविसा श्रेष्ठको अन्नप्रासनको अवसरमा १० लाखको बीमा पोलिसी उपहार स्वरूप प्रदान गरेका छन् ।
श्रेष्ठ दम्पतिले आफ्नो सन्तानको लागि सुर्यज्योती लाइफ इन्स्योरेन्स खैरेनीटार शाखा तनहुँ बाट सुनौलो भबिस्य बाल जीवन बीमा पोलिसी उपहार दिएका हुन् ।
उक्त अवसरमा सुर्यज्योती लाइफ इन्स्योरेन्स खैरेनीटार शाखा प्रमुख कृष्ण लम्साल,अप्रेशन इन्चार्ज सुशिला नेपाली बि.क,एजेन्सी म्यानेजर टिका थापाको उपस्थिति रहेको थियो ।
यस बीमा योजनामा घातक रोग सुबिधा पुर्ण अशक्त सुबिधा दुर्घटना मृत्यु लाभ सुबिधा,बिमाशुल्क छुट सुबिधाका साथै विशेष अवस्थामा मासिक शैक्षिक सुबिधा समेत प्राप्त हुने शाखा प्रमुख लम्सालले जानकारी दिएका छन् ।