IME Life
Beema Board

सिटिजन लाईफ इन्स्याेरेन्सले पनि ल्यायाे डाइनामिक क्युआर, बीमितलाई सहज हुने

SPIL
NIC ASIA
Sanima Reliance
काठमाण्डाै‌ । ग्राहक सेवालाई अझै सहज र प्रभावकारी बनाउनका लागी सिटिजन लाइफ इन्स्योरेन्सले डायनामिक क्युआर पेमेन्ट प्रणाली प्रयाेगमा ल्याएको छ । बबरमहलस्थित कार्की ब्यान्क्वेटमा आयाेजित सिटिजन्स लिडर मिट कार्यक्रमकाे अवसरमा उपस्थित बीमितले बीमाशुल्कको प्रत्यक्ष भुक्तानी गरी यस सेवाको उद्घाटन गरेका हुन् ।
डायनामिक क्युआर भुक्तानी प्रणालीले ग्राहकले भुक्तानी गर्नुपर्ने हरेक सेवाकाे लागि बेग्लाबेग्लै क्युआर सिर्जना गर्नेछ र साेही क्युआरलाई बीमितले आफ्नाे माेबाइल एप्समार्फत स्क्यान गरेर प्रथम बीमाशुल्क नविकरण बीमाशुल्क बीमालेख कर्जाकाे साँवा र ब्याज भुक्तानी गर्न सक्नेछन् । यसरी भुक्तानी गरिएकाे रकम तत्कालै बीमितकाे सम्बन्धित बीमालेख खातामा अध्यावधिक हुनेछ । यस प्रकारको भुक्तानी प्रणालीले भुक्तानी दिने व्यक्तिकाे स्पष्ट पहिचान गर्ने भएकाले सम्पत्ती शुद्धिकरण नियन्त्रणमा समेत सहयोग पुग्ने कम्पनीकाे विश्वास छ ।
याे सेवा स‌ंचालनमा आएसँगै सिटिजन लाइफ इन्स्योरेन्सको देशै भरिका १४० शाखा तथा उपशाखा कार्यालयबाट बीमित तथा अभिकर्ताले डाइनामिक क्युआरको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् । सिटिजन लाइफको “डिजिटल सिटिजन” अभियान अन्तर्गत याे प्रविधि प्रयाेगमा ल्याइएकाे प्रमुख कार्यकारी अधिकृत पाेषकराज पाैडेलले जानकारी दिए ।
कार्यक्रममा देशभरबाट ३५० भन्दा बढी अभिकर्ता र कर्मचारीको उपस्थिती रहेकाे थियाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%

खुसी

0%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS