काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले विभागीय प्रमुख (आन्तरिक लेखापरीक्षण विभाग)का लागि र विभागीय प्रमुख (लेखा, वित्त व्यवस्थापन तथा योजना विभाग) १ १ जना कर्मचारी माग गरेको छ । कम्पनीले सुपरभाइजर र सहायक प्रशिक्षार्थीका लागि भने केही संख्यामा कर्मचारीको माग गरेको हो ।
संस्थाले विभागीय प्रमुखका लागि लेखा तथा वित्त विषयमा स्नाकोत्तर तह वा सीए उत्तीर्ण र सहायकका लागि प्लस टु देखि स्नातक तहसम्म उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ ।
ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाले उपलब्ध गराएको वेबसाइट मार्फत दरखास्त दिन सक्नेछन् ।