काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा ३ कम्पनीको शेयर मुल्य समायोजन भएको छ । नेप्सेमा प्रभु इन्स्योरेन्स, सबैको लघुवित्त र सिभिल लघुवित्तको शेयर मुल्य समायोजन भएको हो । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
प्रभु इन्स्योरेन्सको आज अन्तिम कारोबार मुल्य ५५५ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले ६ दशमलव ७० प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ५२० रुपैयाँ ९९ पैसा कायम गरेको छ ।
त्यस्तै, सिभिल लघुवित्तको आज अन्तिम कारोबार मुल्य ७४९ रुपैयाँको आधारमा ११ प्रतिशत बोनश शेयर वितरण पछिको शेयर मूल्य ६७४ रुपैयाँ ७७ पैसा कायम गरेको छ ।
त्यसैगरी सबैको लघुवित्तको आज अन्तिम कारोबार मुल्य ८४० रुपैयाँको आधारमा १८ प्रतिशत बोनश शेयर वितरण पछिको कम्पनीको शेयर मूल्य ७११ रुपैयाँ ८६ पैसा कायम गरेको छ ।