IME Life
Beema Board

दुई इन्स्योरेन्स कम्पनीको साधारण सभा आज हुँदै, लाभांश र मर्जरको विशेष प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सगरमाथा इन्स्योरेन्स क्रम्पनीले आज साधारण सभा गर्दैछन् । लुम्बिनी जनरल इन्स्योरेन्सले कम्पनीले आज फागुन ११ गते आफ्नो १८औं वार्षिक साधारण सभा काठमाडौंको डिल्लीबजार स्थित अमृतभोग क्याटरिङमा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६ दशमलव ९९ प्रतिशत बोनस शेयर र ० दशमलव ३६७९ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सगरमाथा इन्स्योरेन्स लिमिटेडले २६औं वार्षिक साधारण सभा लैनचौर बैंक्वेट, लैनचौर काठमाडौंमा बिहान १० बजे आयोजना गर्ने जनाएको छ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्ता पुँजीको १२ दशमलव ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ६५२६ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सभाले सञ्चालक समितिको १८औं बार्षिक प्रतिवेदन २०७८/०७९ पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात, आर्थिाक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम बिशेष प्रस्तावमा उल्लेखित यस कम्पनी र सगरमाथा इन्स्योरेन्स कम्पनी लि। को संयुक्त कारोवार शुरु हुनुभन्दा अघिल्लो दिनसम्मको आथिृक वर्ष २०७९/८० को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्रको दफा ५ (ख) र ५ (ग) संशोधन गर्ने, यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने, यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड तथा अंग्रेजीमा कायम गर्ने तथा नयां बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र, नियमावली, मूअक दर्ता प्रमाणपत्र नम्बर, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लि। को कायम रहने गरी निर्जीवन बीमा व्यबसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि गरिएको सम्झौता तथा मुल्याङ्कनकर्ताबाट प्राप्त प्रतिवेदन समेतका आधारमा निर्धारण गरिए बमोजिम गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडमा सगरमाथा इन्स्योरेन्स कम्पनीको हाल १०० कित्ता बराबर १०० कित्ता र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल कायम १०० कित्ता बराबर ८० कित्ता शेयर कायम हुने गरी स्वाप रेसियो १००ः८० लाई स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तीम सम्झौता पत्र सहमति पत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने, यस लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने प्रयोजनका लागि दुबै कम्पनीको चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन तयार गर्न नियुक्त गरेका लेखापरीक्षक मूल्याङ्कनकर्ता जे।बि। राजभण्डारी एण्ड डिबिन्स, चार्टर्ड एकाउन्टेन्टको नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी तथा सगरमाथा इन्स्योरेन्स कम्पनी एक आपसमा गाभ्ने गाभिने सम्वन्धि साधारणसभाबाट पारित बिशेष प्रस्तावहरुका सम्वन्धमा तथा सभाले गर्ने अन्य निर्णय कार्यान्वयन गर्ने सिलसिलामा नेपाल बीमा प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय वा अन्य नियामक निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सो निर्देशन कार्यान्वयन गर्न तथा मर्जर सम्वन्धमा गर्नुपर्ने बांकी सम्पूर्ण कार्यहरु गर्न संचालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि। तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लि। एक आपसमा गाभिएपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अर्को साधारण सभा नभएसम्मका लागि सञ्चालक समितिमा यस कम्पनीबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

सभाले प्रबन्धपत्ररनियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २७ गतेदेखि साधारणसभा सम्पन्न नहुँदासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण माघ २६ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

त्यसैगरी सगरमाथा इन्स्योरेन्सको सभाले लुम्बिनी जनरल इन्स्योरेन्ससँगको मर्जर सम्बन्धि सम्बन्धी सम्पूर्ण प्रस्तावहरु पारित गर्नेछ । कम्पनीमा संस्थापक शेयरधनी समूह अन्तर्गत नेपाली संस्थापक शेयरधनी समूहको ५१ प्रतिशत संयुक्त साझेदार, वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी श्रीलंकाको २० प्रतिशत गरी संस्थापक शेयरधनी स्वामित्व ७१ प्रतिशत रहेकोमा नेपाल बीमा प्राधिकरणको सैद्धान्तिक सहमति बमोजिम नेपाली संस्थापक शेयरधनी समूहले धारण गरेको ५१ प्रतिशत शेयर मध्ये २० प्रतिशत शेयरहरु समानुपातिक रुपमा सर्वसाधारण शेयरधनी समूहमा परिणत गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, सोही आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । त्यसकारण माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS