Connect IPS
IME Life

शेयर बजारमा बाउन्स व्याक सुरु, राष्ट्रपतिको चुनावको चर्चा पछि ३३ अंक बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शेयर बजारमा बाउन्स व्याक सुरु भएको छ । राष्ट्रपतिको निर्वाचन नजिकिदै गर्दा शेयर बजारमा सुधार हुन थालेको हो । राजनीतिक गतिरोधले लगातार तल झरिरहेको शेयर बजारमा आज भने केहि सुधार देखिएको छ । फागुन २६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको विषयलाई लिएर सत्ता समिकरणमा दरार आए पछि शेयर बजारमा गिरावट आउन थालेको थियो ।

राष्ट्रपतिको निर्वाचन पछि सत्ता समिकरणको अन्योलता अन्त्य हुने विश्लेषकहरु बताउछन् । राजनीतिक अन्योलताको अन्त्य पछि शेयर बजारमा पुन सुधार हुन थाल्ने बजार विश्लेषकहरुको विश्लेषण छ । नेपाल राष्ट्र बैंक र अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रति लगानीकर्ताले धेरै आशा गरेका थिए । तर लगानीकर्ताको अपेक्षा अनुसार कुनै पनि सुनुवाइ भएन । यसले गर्दा शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

Prabhu
Crest

यदि सत्ता समिकरण ‍रहिरह्यो भने अर्थमन्त्रि विष्णु प्रसाद पौडेल यथावत रहनेछन् । सत्ता समिकरणमा परिवर्तन भयो भने अर्थमन्त्रीमा अन्य राजनीतिक दलबाट आउनेछन् । अहिलेको अन्योलता राष्ट्रपतिको चुनाव पछि मात्रै हट्नेछ । त्यस पछि मात्रै शेयर बजार कुन दिशामा अगाडी बढ्छ भनेर भन्न सकिन्छ ।

शेयर बजारमा सामान्यतया फागुनमा केहि सुधार देखिन्छ । तर माघ फागुन र चैत महिना शेयर बजारको अफ सिजन हो । चैत अन्तिम साता पछि मात्रै शेयर बजारमा सुधार देखिनेछ । ‍तर विगत एक महिनादेखि शेयर बजारमा लगातार गिरावट भइरहेकाले पनि बाउन्स व्याक सुरु भएको हो । अवको केहि समय पछि शेयर बजारमा सुधार हुने भएकाले लगानीकर्ताहरु धेरै घटेर शेयर बिक्री गर्ने पक्षमा छैनन् । यस्तो अवस्थामा खासै बिक्री चाप बढ्दैन ।

आज सबैभन्दा धेरै हाइड्रोपावरको सूचकमा सुधार देखिन्छ । नेप्से सूचक ३३.५७ अंकले सुधार हुँदा १६५ वटा कम्पनीको शेयर मूल्यमा बृद्धि भएको छ । माइक्रोफाइनान्स, म्युचुअल फण्ड र व्यापारको सूचकमा गिरावट आएको छ । कारोबारको अन्तिम समयमा बाणिज्य बैंकको शेयरमा सुधार आउदा सूचकमा पनि सुधार भएको हो । बाणिज्य बैंकको सूचक १.२५ प्रतिशतले बढेको छ । कारोबार रकममा खासै सुधार देखिदैन । आज एक अर्ब ८० करोडको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS