काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले चैत १ गते प्रथम वार्षिक साधारण सभा गर्ने जनाएको छ । कम्पनीको गत फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा विहान ११ः३० बजे आयोजना गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको उक्त सभाले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने विशेष प्रस्थाव पारित गर्नेछ । कम्पनीले साधारण सभामार्फत बोनश शेयर वितरणको प्रस्ताव पारित गरेको छ । तर के कति बोनस शेयर भने खुलाएको छैन । सभाले कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने प्रस्तावलाई समेत पारित गर्नेछ ।
साथै गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू गर्दै चालू आर्थिक वर्षको लागि लेखापरिक्षण नियुक्त र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव पारित गर्ने जनाएको छ ।
सभाले सञ्चालकहरूको पारिश्रमिक र भत्ता निर्धारणको विषय पारित गर्दै स्वतन्त्र नियुक्ती गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्नेछ ।