IME Life
Beema Board

अझै चार निर्जीवन बीमा कम्पनीको शेयर किन्दा पाइन्छ प्रस्तावित लाभांश, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अझै चार निर्जीवन बीमा कम्पनीको शेयर किन्दा शेयरधनीहरुले कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश हात पार्न सकिनेछ ।

प्रभु इन्स्योरेन्स कम्पनी
प्रभु इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । कम्पनीले कुल ७ दशमलव ०५ प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ । जसमा कम्पनीले ६ दशमव ७ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने ० दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन १२ गते एक दिन बुक क्लोज गर्दैछ । त्यसकारण फागुन ११ गते बिहीबारसम्म शेयर किन्नेले यस कम्पनीको प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले भने बुक क्लोजको मिति समेत तय गरेका छैनन् । त्यसकारण यी कम्पनीको शेयर किन्नेले प्रस्तावित लाभांश पाउन योग्य रहनेछन् ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स
साविक हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको नाफा नोक्सान हिसावमा बाँडफाँडको लागि उपलब्ध रकमबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुस २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २ दशमलव ७५ प्रतिशत बोनश शेयर कर प्रयोजनका लागि ० दशमलव १४ प्रतिशत नगद लाभांश गरी कुल २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ६ दशमव ८४२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीले जसमा ६ दशमलव ५ प्रतिशत बोनश शेयर वितरण गर्ने जनाएको छ भने ० दशमलव ३४२ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनी
एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्न लागेको छ । जसमध्ये कम्पनीले १० प्रतिशत बोनश शेयर वितरण गर्नेछ भने ० दशमलव ५२६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

40%

खुसी

0%

दु :खी

40%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS