काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २,०४६ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज ३२ कम्पनीको शेयर मुल्य बढेको छ भने १७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै राप्ती हाइड्रका लागानीकर्ताले कमाएका छन् । आज कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज दोर्दी खोला जलविद्युत कम्पनीका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । एनएमबि हाइब्रित फण्ड एलका इकाईधनीले ३ प्रतिशतका दरले कमाउका छन् । कालिका पावरका लगानीकर्ताले २ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै जीवन विकास लघुवित्तका लगानीकर्ताले ९ दशमलव १५ प्रतिशतका दरले गुमाएका छन् । उपकार लघुवित्तका लगानकिर्ताले ७ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन डिष्टिलरीका लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका हुन् ।