काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ४ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल सेन्ट्रल प्लाजा, कोहलपुर,बाँकेमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै संस्थापक शेयरधनीको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना गरी पाँच सञ्चालक निर्वाचन समेत गर्नेछ ।
साथै भविष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २२ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।