IME Life
Beema Board

यी हुन् लुम्बिनी इन्स्योरेन्सका सर्वाधिक ठुला १७ लगानीकर्ता, कुन समुहमा कति लगानी ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा आधारभुत शेयरधनीको संख्या १७ रहेको छ । आधारभुत शेयरधनीहरुले मात्रै कुल शेयर पूँजीको ४६.५६ प्रतिशत हिस्सा ओगटेका छन् ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा सर्वाधिक ठुलो लगानी लुम्बिनी विकास बैंककै रहेको छ । लुम्बिनी विकास बैंकको ९.८४ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ ९ लाख २ हजार कित्ता र सर्वसाधारण समुह तर्फको २ लाख ७७ हजार कित्ता शेयर रहेको छ ।

Prabhu
Crest

दोस्रो ठुलो लगानीकर्ता मनोहर दास मुलको ९.६५ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ १० लाख कित्ता र सर्वसाधारण समुह तर्फ एक लाख ५५ हजार कित्ता शेयर लगानी छ । तेस्रो ठुलो लगानीकर्ता सुरज वैद्यको ३.६३ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ २ लाख ८८ हजार कित्ता र सर्वसाधारण समुह तर्फ ११ हजार २५० कित्ता मात्रै छ । त्यस्तै चौथो ठुलो लगानीकर्ता शंकर घिमिरेको ३.५७ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ २ लाख ८८ हजार कित्ता र सर्वसाधारण समुह तर्फ एक लाख ३९ हजार कित्ता शेयर लगानी रहेको छ ।

चिन्तामणी भट्टराइको ३.१२ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ २ लाख ३४ हजार कित्ता र सर्वसाधारण समुह तर्फ एक लाख ३९ हजार कित्ता लगानी रहेको छ । अर्का ठुला लगानीकर्ता अरुणराज श्रेष्ठको २.३७ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ २ लाख ३ हजार र सर्वसाधारण समुह तर्फ ८० हजार कित्ता शेयर लगानी रहेको छ ।

विरेन्द्र बज्राचार्यको २.३२ प्रतिशत हिस्सा रहेकोमा संस्थापक समुह तर्फ २ लाख कित्ता र सर्वसाधारण समुह तर्फ ७८ हजार ४१२ कित्ता शेयर लगानी छ । रिना सिंह राणाको १.५५ प्रतिशत, शान्ति श्रेष्ठ १.५५ प्रतिशत, सेन्ट्रल फाइनान्स १.२८ प्रतिशत, उमंग अग्रवाल १.२७ प्रतिशत, रामकाजी गुरुङ कोने १.२१ प्रतिशत, विश्वराज रेग्मी १.०९ प्रतिशत, गोपाल हमाल १.०६ प्रतिशत, कुमारी बैंक १.०२ प्रतिशत, सन राइज बैंक १.०२ प्रतिशत र भवध्वज ढुङ्गानाको १.०१ प्रतिशत लगानी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS