SKIP THIS

MLBL
IME Life
Beema Board

सगरमाथा जलविद्युतको आइपीओ आजसम्म भर्न सकिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडको आइपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा यसअघि माघ २६ गतेसम्म आइपीओ विक्री गरेकोमा फागुन ५ गतेसम्मको अवधि थप गरेको थियो। कम्पनीले माघ ५ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदार र आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेको हो। वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि भने माघ १९ गतेसम्म ४ लाख ३६ हजार ८०० कित्ता शेयर विक्री गरिएको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोड रुपैयाँको १० प्रतिशत अर्थात् प्रतिशेयर १०० रुपैयाँ अंकित दरको ११ करोड २० लाख रुपैयाँ बराबरको ११ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि निष्काशन गरेको हो । स्थानीयले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।

Prabhu
Crest

आइपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर ट्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु बैंक, सेञ्चुरी कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकका तोकिएका शाखा कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै प्रभु क्यापिटलले तयार पारेको अनलाइनसम्बन्धी व्यवस्थाबाट समेत प्रतिदरखास्त फारामबापत २ रुपैयाँ शुल्क बुझाई आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने नेपाल सी–आस्बा प्रणालीमार्फत मात्र आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS