काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कालिञ्चोक केवलकारमा छुट पाउने भएका छन् । बैंक र कालिञ्चोक दर्शन लिमिटेडबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका ग्राहकले दोलखाको कालिञ्चोक केवलकारमा छुट पाउने भएका हुन् ।
सिटिजन्स बैंकका कार्डबाहकहरुले कालिञ्चोक केवलकार सेवामा १० प्रतिशत सम्मको छुट पाउने छन् । बैंकले आफ्ना ग्राहकहरुको सेवा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो व्यवस्था गरेको हो ।
सिटिजन्स बैंकले हाल १८२ वटा शाखा, १३४ वटा एटिएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ ।