काठमाडौं । लुम्बिनी विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका, वडा नं. ११ स्थित नेपालटारमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं ११ का वडा अध्यक्ष कविराज बस्नेतले उक्त शाखाको उद्घाटन गरेका छन् ।
बैंकको यस शाखा ८९औं शाखा हो । शाखा उद्घाटन कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविण कृष्ण श्रेष्ठ, अर्जुन थापा र अंजु कुमारी गुप्ताको उपस्थिती थियो ।
लुम्बिनी विकास बैंकले हाल देशका ७ वटै प्रदेशमा ८९ शाखा स्थापना गरी सेवा दिँदै आएको छ ।