काठमाडौं । माघ एक महिनामा बाणिज्य बैंकहरुले २५ अर्बले निक्षेप बढाएका छन् । यहि अवधिमा कर्जा विस्तार भने ११ अर्ब ८२ करोड मात्रै छ । बाणिज्य बैंकहरुले माघ मसान्तसम्ममा ४७ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यहि अवधिमा कर्जा विस्तार भने ४२ खर्ब ९० अर्ब रुपैयाँ रहेको छ ।
यस अवधिमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको १२ अर्ब ८१ करोडले बढेको छ । त्यस्तै राष्ट्रिय बाणिज्य बैंकको १० अर्ब ७६ करोड रुपैयाँले निक्षेपमा विस्तार भएको छ । यस बाहेक १० वटा बाणिज्य बैंकको निक्षेपमा गिरावट आएको छ । कर्जा विस्तार तर्फ ११ वटा बाणिज्य बैंकको घटेको छ । सबैभन्दा धेरै कर्जा विस्तार गर्नेमा पनि एनआइसी एशिया बैंक नै पर्छ । एनआइसी एशिया बैंकले १५ अर्ब ५१ करोड रुपैयाँले कर्जा विस्तार गरेको छ ।
निक्षेप संकलन
कर्जा लगानी