काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य समायोजन गरेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गर्नेभएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो ।
आजको कायम अन्तिम शेयर मुल्यको आधारमा यी दुई कम्पनीको नेप्सेले मुल्य समायोजन गरेको हो । अपि पावरको आजको अन्तिम कायम शेयर मूल्य २८६ रुपैयाँको आधारमा नेप्सेले ७ दशमलव ५० प्रतिशत बोनश शेयर वितरणपछिको शेयरमूलय २६६ रुपैयाँ ०५ पैसा कायम गरेको छ ।
त्यस्तै, उपकार लघुवित्तकोआजको अन्तिम शेयर मुल्य ३७३७ रुपैयाँको आधारमा ६१ दशमलव ७५ प्रतिशत बोनश शेयर वितरणपछिको शेयर मूल्य २३१० रुपैयाँ ३६ पैसा कायम गरेको छ । भोलि यही मुल्यकै आधारमा कम्पनीको कारोबार खुल्नेछ ।