काठमाडौं । आज शेयर बजार घटेके छ । हिजो पनि घटेको बजार आज परिसूचक १३ दशमलव ९० अंकले घटेर २,०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् ।