Connect IPS
IME Life
Beema Board

राजनीतिक अस्थिरताले शेयर बजारमा लगातार गिरावट : २० अंकले तल झर्यो, कहिलेसम्म घट्ला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राजनीतिक अस्थिरताले शेयर बजारमा लगातार गिरावट देखिन थालेको छ । सत्ता समिकरणमा भएको परिवर्तन सँगै उचालिएको शेयर बजार पुनः सत्ता समिकरणमा परिवर्तन हुने हल्लाले तल झरिरहेको छ ।

यस अवधिमा लगानीकर्ताले नेपाल राष्ट्र बैंक प्रति ठुलो अपेक्षा गरेका थिए । राष्ट्र बैंक र सरकार दुबै तर्फबाट आफ्ना माग पुरा नभए पछि लगानीकर्ताको मनोविज्ञान कमजोर बन्दै गइरहेको छ । चालु आर्थिक वर्षको मौद्रिक समिक्षा बन्नु भन्दा अगाडी उचालिएको शेयर बजार मौद्रिक समिक्षामा शेयर बजार नपरे पछि तल झर्यो । यस सँगै लगानीकर्ताको राष्ट्र बैंक भन्दा पनि अर्थमन्त्री प्रतिको विश्वास गुमेको छ ।

Prabhu
Crest

यस बाहेक बैंक तरलता पनि अर्को प्रमुख कारण हो । राष्ट्र बैंकले तरलता सुधारका लागि जति सुकै प्रयास गर्दा पनि बजारमा पैसा आउन सकेको छैन । आयातमुखी अर्थतन्त्रमा सरकारले आयातलाई प्रतिबन्ध लगाउदा कतिपय अर्थतन्त्रका चक्र नै बन्द भएका छन् । ठुला ठुला लगानीकर्ताहरु आयात गर्न नपाउदा ठुलो समस्यामा परेका छन् ।

राष्ट्र बैंकले अघिल्लो सरकारलाई असफल बनाउन बस्तु तथा आयात धान्न नेपाल सँग ५/६ महिनालाई पनि पुग्ने वैदेशिक मुद्रा छैन भन्ने प्रतिवेदन सार्वजनिक गर्यो । जव गभर्नर अधिकारी एम अधिकारी भएको खुलासा भयो त्यस पछि एकाएक उनले वित्तीय सूचक राम्रो भएको विवरण सार्वजनिक गरे । यसरी राजनीतिक अभिष्ट पुरा गर्न देशकै अर्थतन्त्रमा असर पुर्याउने गरी नीतिगत चलखेल भयो । यसले पनि बैंकिङ प्रणालीमा चरम तरलता अभाव देखियो ।

एकातिर आयातमुखी अर्थतन्त्र अर्को तर्फ सरकारले समयमा खर्च गर्न नसक्दा बैकिङ प्रणालीमा पैसा आउन सकेन । नेपालको अर्थतन्त्र लाखौ नेपालीले विदेशमा पैसा कमाएर नेपालमा रेमिट्यान्स पठाउने अनि त्यहि रेमिट्यान्सबाट बस्तु तथा सेवा खरिर गरेर उनिहरुका आफन्त नेपालमा खर्च गर्ने प्रवृत्ती छ । यहाँ उत्पादन लगभग ठप्प छ । उत्पादन नगरी आयात मात्रै गर्नु पर्ने बाध्यता छ । यस्तो अवस्थामा सरकारले आयात रोक्यो । जुन आफैमा घातक रहेको अर्थशास्त्रीको विश्लेषण छ ।

अर्थतन्त्र जुन गतिमा अगाडी बढेको छ त्यहि गतिमा अगाडी बढाउनुको सट्टा उल्टो दिशामा हिडाउन खोज्दा अहिलेको मन्दीको अवस्था देख्नु परेको उनिहरुको धारणा छ । यसका लागि सरकारले ठुलो इकोनोमिक रिफर्म गर्नु पर्ने उनिहरुको धारणा रहेको छ ।

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले एलसीमा लगाउदै आएको सत प्रतिशत मार्जिनको व्यवस्थालाई हटाएको छ । यस सँगै आयात गर्न नपाएर बसेका व्यवसायीहरुले अव आयात गर्न पाउने छन् । उनिहरुले आयात गर्ने वित्तीकै रिमिट्यान्सको रकम व्यापारीको हातमा पुग्नेछ । अनि मात्रै बल्ल बैंकिङ प्रणालीमा पैसा लिक्वीड भएर आउने अर्थशास्त्रीको भनाइ छ ।

राष्ट्र बैंक आज पनि तरलता अभावको अल्पकालिन समाधानका लागि रिपो जारी गर्दैछ । यो भनेको प्रणालीमा अझै पनि पैसा छैन । प्रणालीमा भएको पैसा आयात खुल्ने वित्तीके व्यापारीले विदेश पठाउन थालिसकेका छन् । यसले गर्दा पनि केहि समय बजारमा तरलता अभाव देखिन सक्ने छ ।

शेयर बजारको अवको दिशा राजनीतिक गतिविधि र बैंकिङ तरलताको समाधानमै भर पर्नेछ । आयात खुलेर बजारमा पैसा आउन सक्यो भने तरलता केहि सहज हुन सक्नेछ । त्यस्तै आगामी राष्ट्रपतिको चुनावसम्ममा राजनीतिक समिकरण कसरी अगाडी बढ्छ भन्ने कुराले पनि बजारलाई प्रभावित बनाउनेछ । यदि यहि समिकरण यथावत रह्यो भने बजारले अर्को नयाँ उचाइ लिन सक्नेछ । तर नेकपा एमालेले कांग्रेस सँग मिलेर सरकार बनाउने चर्चा छ । यस्तो अवस्थामा पनि बजारमा अर्को किसिमको तरंग आउनेछ । त्यसैले राजनीतिक अवस्थामा सुधार नभएसम्म बजारमा पनि सुधार हुने देखिदैन ।

बुधबार नेप्से सूचक १३.९० अंकले घटेको छ । सूचक सँगै कारोबार रकम पनि एक अर्ब ७३ करोडमा सिमित भएको छ । आज नेप्से सूचक २०९१.५६ अंकमा बन्द हुँदा उत्पादन तथा प्रशोधन मुलकको सूचक बाहेक सबैमा गिरावट देखिन्छ । आज १७६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ३७ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS