काठमाडौं । आज शेयर बजार घटेके छ । हिजो पनि घटेको बजार आज परिसूचक १३ दशमलव ९० अंकले घटेर २,०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ । आज ३७ कम्पनीको शेयर मुल्य बढेको छ भने १७६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा १५६ कम्पनीको ४८ लाख १५ हजार १२० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । आज कम्पनीको ६ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, आज अरुण कावेली पावरको ५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोडमाथि शेयर कारोबार भएको छ ।