Connect IPS
IME Life

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गरेकाले आज फागुन ३ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

अपि पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १४ गते साधारण सभा बोलाएको छ । सभा बोनश्वर ब्यांक्वेट थापागाउँ, काठमाडौंमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।

Prabhu
Crest

त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई ६१ दशमलव ७५ प्रतिशत बोनश शेयर र ३ दशमलव २५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले फागुन १८ गते साधारण सभा बोलाएको छ ।

सभा बाँकेको बैजनाथ(१ स्थित गाभर भ्याली सामुदायिक होमस्टेमा उक्त दिन बिहान १० बजे शुरू हुने कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS