IME Life
Beema Board

कुन वालेटले दिन्छ सबैभन्दा बढी क्यास ब्याक ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाण्डाै । विद्युतीय माध्यमबाट कुनै पनि वस्तु तथा सेवाकाे भुक्तानीका लागी डिजिटल माेबाइल वालेट सहजमाध्यम बन्दै गएकाे छ। विशेषगरी काठमाण्डाैं उपत्यकाभित्र किराना पसलदेखि चिया पसलसम्म पनि खल्तीमा नगद नै नभए पनि कुनै वस्तु तथा सेवा खरिद गर्नकाे लागी माेबाइल वालेटमार्फत् क्षणभरमै भुक्तानी गर्न सकिने उपलब्ध छ।

विद्युतीय वालेटकाे प्रयाेगकर्ता बढ्दै जाँदा यसकाे सेवा प्रदायकहरूले बिस्तारै प्रवर्द्धनात्मक छुटहरू कटाैती गर्दै लगेर केही भुक्तानी सेवामा शुल्क समेत असुली गर्न थालेका छन् ।

Prabhu
Crest

हामीले अहिले चल्तीमा रहेका मध्ये सर्वाधिक प्रयाेगकर्ताहरू भएकाे मुख्य पाँचवटा वालेटबाट प्रयाेगकर्तालाई दिइने नगद छुट क्यास ब्याक सम्बन्धमा केही उपयाेगी जानकारी यहाँ उल्लेख गरेका छाै‌ं ।

१) माेबाइल ब्यालेन्स रिचार्जमा

तपाई माेबाइल सेवाकाे प्रयाेगकर्ता हुनुहुन्छ र नियमितरुपमा माेबाइलमा ब्यालेन्स रिचार्ज गरि रहनुपर्छ भने सबैभन्दा बढी क्यास ब्याक पाइने आइएमई पेकाे वालेट राेज्न सक्नुहुन्छ । आइएमई पेले वालेट प्रयाेगकर्ताकाे रजिष्टर्ड माेबाइल नम्बरमा रिचार्ज गर्दा ५ प्रतिशत नगद फिर्ता दिने गरेकाे छ । अर्थात् तपाईले पाँच सय रुपैयाँकाे ब्यालेन्स रिचार्ज गर्नुभयाे भने २५ रुपैयाँ तत्कालै क्यास ब्याक पाउनुहुनेछ। यसबाहेक अन्य कुनै माेबाइल नम्बरमा रिचार्ज गरिदि‌ंदा २ प्रतिशत क्यास ब्याक प्राप्त गर्नुहुन्छ । अन्य सेवा प्रदायकले १ देखि बढीमा २ प्रतिशतसम्म मात्र क्यास ब्याक उपलब्ध गराउँछन्।

२) टेलिभिजन, इन्टरनेट सेवा शुल्क भुक्तानीमाः

टेलिभिजन च्यानल हेर्नका लागी डिस हाेम टिभीकाे रिचार्ज पिन खरिदमा सर्वाधिक ३.५ प्रतिशत छुट प्रभु पेले उपलब्ध गराएकाे छ। ल्याण्डलाइन टेलिफाेनकाे महशुल भुक्तानीमा आइएमई पेले सर्वाधिक २ प्रतिशत क्यास ब्याक उपलब्ध गराएकाे छ। इन्टरनेटकाे महशुल भुक्तानीमा डिजिटल वालेटहरुले १ देखि ३ प्रतिशतसम्म नगद छुट दिइ रहेका छन् ।

बिजुली महशुल भुक्तानीमा समेत डिजिटल वालेटले नगद छुट उपलब्ध गराई रहेकाले सार्वजनिक यातायातबाट बिजुली अफिसम्मकाे सकसपूर्ण यात्रा गरेर बस भाडा र समय दुबै खर्चिनुभन्दा घरै बसी बसी भुक्तानी गर्ने र नगद छुटकाे समेत लाभ लिने प्रयास गर्नुहाेस् ।

३) शिक्षण शुल्क भुक्तानीमाः

विद्यालयकाे शिक्षण शुल्क भुक्तानी सेवा निःशुल्क उपलब्ध गराउँदै आएकाे ई सेवाले शत प्रतिशत छात्रवृत्ति नामक प्रवर्द्धनात्मक कार्यक्रम ल्याएर सशुल्क सेवा दिइ रहेकाे छ। शिक्षण शुल्क भुक्तानीमा ईसेवाले रु १० सेवा शुल्क लिइ रहेकाे छ। आइएमई पे, प्रभु पेले निःशुल्क सेवा प्रदान गरिरहेकाे छ । ठूलाे स‌ंख्यामा विद्यालयहरू आबद्ध गरेकाे खल्तीले सेवा शुल्क नलिए पनि यसकाे माध्यमबाट शुल्क भुक्तानी गर्न झण्झटिलाे रहेकाे छ। यसमा आबद्ध केही विद्यालयकाे शिक्षण शुल्क भुक्तानी गर्दा विद्यार्थीकाे स‌ंकेत नम्बर काेड आवश्यक पर्ने भएकाले काेड बारे बिल्कुलै बेखबर अभिभावकले भुक्तानीका लागी खल्ती वालेट प्रयाेग गर्न सकेका छैनन् ।

४) बीमाशुल्क भुक्तानीमाः

जीवन बीमालेखकाे नविकरणका लागी बीमाशुल्ककाे किस्ता रकम भुक्तानीमा अधिकांश भुक्तानी सेवा प्रदायक डिजिटल वालेटले नगद छुट सुविधा दिएका छैनन् । तर सम्बन्धित जीवन बीमा कम्पनीसँगकाे सहकार्यमा समय समयमा फरक फरक डिजिटल वालेट सेवा प्रदायकले फरक फरक जीवन बीमा कम्पनीकाे नविकरण बीमाशुल्क भुक्तानीमा अधिकत्तम रू. १ हजार सम्म नगद छुट उपलब्ध गराउने भएकाले भुक्तानी गर्नु अघि आफूले प्रयाेग गरिरहेकाेमध्ये कुन वालेटले नगद छुट याेजना ल्याएकाे छ त्यसबारे यकीन गरेर भुक्तानी गरेमा लाभ लिन सकिन्छ ।

अहिले खल्ती वालेटबाट नविकरण बीमाशुल्क भुक्तानी गर्दा मेट लाईफकाे बीमितलाई अधिकतम रु‍ १ हजार क्यास ब्याक सुविधाकाे घाेषणा गरेकाे छ। यसबाहेक नेपाल लाईफकाे बीमितले प्राेमाे काेड प्रयाेग गरेमा रु‍ १ सय नगद छुट पाउनेछन् । त्यसैगरी खल्तीले पहिलाे पटक बीमाशुल्क भुक्तानी गर्दा एक पटककाे लागी थप रु‍ १ सय नगद छुट समेत उपलब्ध गराई रहेकाे छ।

५) हवाई टिकट खरिदमाः

हवाई उडानका लागी टिकट खरिद गर्दा प्रभु पे वालेटले बिना कुनै शर्त २ प्रतिशत क्यासब्याक उपलब्ध गराउँछ। ५ हजार १ सय रूपैयाँ अंकित हवाई टिकटकाे खरिदमा प्रभु पे वालेटले रु १०२ क्यास ब्याक उपलब्ध गराएकाे छ। दाेश्राेमा आइएमई पे वालेटले याे मूल्यकाे टिकट खरिद गर्दा रु‍ १०० क्यास ब्याक उपलब्ध गराउँछ ।तेश्राेमा खल्ती वालेटले जम्मा रु‍ ४० क्यास ब्याक दिइरहेकाे छ।

सबैभन्दा न्यून क्यास ब्याक ई सेवाले उपलब्ध गराई रहेकाे छ। अचेल ई सेवाले क्यासब्याकलाई हटाएकाे छ । र सीमित समयका लागी रु ५० क्यास ब्याक पाउने गरी प्राेमाे काेड प्रयाेगमा ल्याएकाे छ। यसकाे प्रयाेगमा उपभाेक्ता सचेत नभएमा क्यासब्याकबाट वञ्चित हुनसक्ने स‌ंभावना रहेकाे छ।

यहाँ उल्लेख गरिएभन्दा अन्य भुक्तानी सेवा प्रदायकहरु पनि बजारमा आफ्नाे उपस्थिति जनाउन र बजार बिस्तार गर्नका लागी विभिन्न छुट सुविधा र उपहार याेजनाहरुकाे घाेषणा गरिरहेकाले तपाईले सम्बन्धित भुक्तानी सेवा प्रदायककाे फेसबुक पेज वा वेबसाइटमार्फत् यस्ता याेजनाकाे जानकारी लिएर लाभ उठाउन सक्नुहुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS