काठमाण्डाै । नेपाल राष्ट्र बैंकले नेपाली नाेट मुद्रणकाे ठेक्का चिनियाँ सरकारी मुद्रण कम्पनी चाइना बैंकनाेट प्रिन्टिङ एण्ड मिनटिङ कर्पाेरेशनलाई दिएकाे छ । राष्ट्र बैंकले सार्वजनिक सूचनामार्फत् आशय पत्र जारी गर्दै चिनियाँ कम्पनीलाई मुद्रणकाे लागी छनाैट गरिएकाे जनाउ दिएकाे हाे ।
बीस रुपैयाँ दरका ३१ कराेड थान नेपाली नाेट मुद्रणका लागी राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बाेलपत्र आह्वान गरेकाेमा चाइना बैंकनाेटले सबैभन्दा सस्ताे मूल्य प्रस्ताव गरेका कारण छनाैट गरिएकाे बैंकले उल्लेख गरेकाे छ ।
राष्ट्र बैंकले ४६ लाख ९८ हजार ६८५ अमेरिकी डलर ( अर्थात् साेमबारकाे विनिमय दर अनुसार ६४ कराेड ८० लाख ३० हजार रुपैयाँ ) खर्चेर बीस रुपैयाँ दरकाे ३१ कराेड थान नाेट छपाउन लागेकाे हाे । एक थान नाेट छाप्नका लागी रु २.०६ भन्दा बढी खर्च लाग्नेछ ।