काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । नाडेप लघुवित्त र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाबिच हुने प्राप्ति सम्झौता रद्ध भएकोले लघुवित्तले प्रस्तावित लाभांश रद्ध गरेको हो ।
लघुवित्तले चुक्ता पूँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको थियो । तर डिप्रोक्स लघुवित्तसँगको प्राप्ति सम्झौता सम्पन्न हुन नसकि सैद्धान्तिक सहमति वदर भई अर्काे वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्तिमा नगएसम्म नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा प्रतिबन्ध लगाएको हुँदा नाडेपले घोषणा गरेको लाभांश रद्ध गरेको हो ।