Connect IPS
IME Life

निर्जीवन बीमा कम्पनीहरुले कमाए २ अर्ब ५६ करोड मुनाफा, चार कम्पनीको घट्दा अन्यको अवस्था कस्तो ?(सूचिसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९ /८० को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश कम्पनीको मुनाफामा सामान्य सुधार देखिएको छ । यस अवधिसम्ममा चार इन्स्योरेन्स कम्पनी शिखर इन्स्योरेन्स कम्पनी र ओरिएण्टल इन्स्योरेन्स कम्पनी, नेशनल र प्रुडेन्सियल इन्स्योरेन्स बाहेक सबैको मुनाफामा बृद्धि देखिएको छ । गत वर्षको तुलनामा कम्पनीहरुको खुद नाफा २० प्रतिशतले बढेको छ ।

दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीले मुनाफा आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३७ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो । दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा २४ करोड ७ लाख रुपैयाँ नाफा कमाएको छ । तर कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको छ ।

Prabhu
Crest

त्यस्तै, तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १७ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा सामान्य बृद्धि भएको हो । नेको इन्स्योरेन्स कम्पनीले यस अवधिमा १७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा १७ प्रतिशतले बढी हो ।

नेशनल इन्स्योरेन्सले यस अवधिमा १६ करोड ९१ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यस कम्पनीका घाटामा रहेको थियो । प्रिमियर इन्स्योरेन्स कम्पनीले १५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा सामान्य बढी हो । नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो ।

सिद्धार्थ इन्स्योरेन्सले १४ करोड ७३ लाख रुपैयाँ नाफा कमाएबको छ । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १३ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । ओरिएण्टल इन्स्योरेन्सले १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ४० प्रतिशत नाफा घटेको हो ।

सानिमा जिआइसीले गत वर्षको तुलनामा नाफा २ प्रतिशतले बृद्धि गरेको छ । यस कम्पनीले यस अवधिमा ११ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यस अवधिमा ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा सामान्य बृद्धि हो । एनएलजी इन्स्योरेन्स कम्पनीले १० करोड ६६ लाख नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३ प्रतिशतले बढी हो । लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड ४९ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा सामान्य बृद्धि हो ।

त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले ९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ४ प्रतिशतले बढी हो । यूनाइटेड इन्स्योरेन्सले ८ करोड २ लाख नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो । अजोड इन्स्योरेन्स कम्पनीले यस अवधिमा ४ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा ५ प्रतिशतले बढी हो । प्रुडेन्सियल इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामम ४३ प्रतिशतले घटेको छ । कम्पनीले यस अवधिमा ४ करोड १ लाख नाफा आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS