काठमाडौं । तनहु जिल्ला, भानु नगरपालिका १० का सुजन भण्डारी र अप्सरा पौडेल भण्डारीले छोरीको भात खुवाइमा बीमा पोलिसी उपहार दिएका छन् । भण्डारी दम्पतिले छोरी सुहानालाई ५ लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका हुन् ।
आफ्नो सनतानको उज्वल भविष्यको लागि बीमामा बचत र भविष्यको आर्थिक सुरक्षा प्राप्त गर्ने भएकोले आफ्नो छोरीलाई बीमा पोलिसी उपहार दिएको भण्डारी दम्पतिको भनाई छ ।
भण्डारी दम्पतिले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुन्दरबजार शाखाबाट रिलायबल सुलभ बाल जीवन बीमा प्लस खरिद गरेका हुन् । यस बीमा योजनामा घातक रोग सुबिधा, पूर्ण अशक्त सुविधा, दुर्घटना मृत्यु लाभ सुविधा, आर्थिक आय सुविधा र बीमा शुल्क छुट सुविधाहरु उपलब्ध रहेको रिलायबल लाइफले जनाएको छ ।