काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६० दशमलव ८८ अंकले घटेर २,१२१ दशमलव ७५ को विन्दुमा कायम भएको छ । आज ८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ । २०७ कम्पनकिो शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ४८ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ७३ प्रतिशतका दरले कमाएका छन् । सयपत्री हाइड्रोका लगानीकर्ताले २ दशमलव ९० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै न्यादी ग्रुप पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६ दशमलव ६० प्रतिशतका दरले गुमाएका छन् । हिमालयन पावर पार्टनका लगानीकर्ताले ६ दशमलव ४४ प्रतिशतका दरले गुमाएका छन् ।