Connect IPS
IME Life

मौद्रिक नीतिले शेयर बजारलाई संबोधन नगर्दा ६० अंकको गिरावट, अर्थमन्त्री प्रतिको विश्वास गुम्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्धवार्षिक मौद्रिक समिक्षा मार्फत शेयर बजारलाई संबोधन नगर्दा आइतबार शेयर बजारमा ६० अंकको गिरावट भएको छ ।

मौद्रिक समिक्षा अगाडी नेपाल राष्ट्र बैंकले शेयरधितोकर्जामा लगाउदै आएको सिलिङलाई संशोधन गर्ने चर्चा चलेको थियो । चर्चा सँगै एकै नेप्से सूचक ७६ अंकले सुधार देखिएको थियो । तर मौद्रिक समिक्षमा शेयर बजार सम्बन्धी कुनै पनि व्यवस्था अटाएन । राष्ट्र बैंकले मौद्रिक समिक्षाका विषयमा गरेको पत्रकार सम्मेलनमा पनि शेयर धितोकर्जाका विषयमा लगाउदै आएको सिलिङ तथा अन्य व्यवस्था यथावत रहेको स्पष्टिकरण दिएको थियो ।

Prabhu
Crest

यसले लगानीकर्तामा थप नैराश्यता पैदा भएको छ । लगानीकर्ताको अर्थमन्त्री विष्णु प्रसाद पौडेल प्रति ठुलो अपेक्षा थियो । तर उनले गभर्नर मार्फत शेयर बजारका विषयमा कुनै पनि परिवर्तन नगराएको लगानीकर्ताको गुनासो छ । यसले गर्दा लगानीकर्ताको अर्थमन्त्री प्रतिको विश्वास पनि गुमेको छ । जवकी विष्णु प्रसाद पौडेल अर्थमन्त्रीमा आउने चर्चा भएदेखि बढ्न सुरु भएको शेयर बजार तत्कालिन समयमा ३ सय अंक भन्दा माथिले बढेको थियो ।

नेपाल राष्ट्र बैंकले निक्षेपको व्याज घटाउने नीति लिएको छ । निक्षेपको व्याजदर घट्ने वित्तीकै कर्जाको व्याजदर स्वत तल झर्ने लगानीकर्ताले जनाएका छन् । अर्को सरकारले बजारबाट बण्ड खरिद गरिरहेको छ । बण्ड मार्फत अर्बौ रुपैयाँ पैसा लैजादा बैंकिङ प्रणालीमा थप तरलता असहज हुने विश्लेषण गरिएको छ ।

आइतबार नेप्से सूचक ६०.८८ अंकले घटेर २१२१.७५ अंकमा झरेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकम भने तीन अर्ब नाघेको छ । बजार तल झर्दा कतिपय लगानीकर्ताले राम्रो शेयर उठाएका छन् । अर्को तर्फ ब्लुचिप भनिएका कम्पनीको वित्तीय विवरण पनि त्यति राम्रो प्रकाशन भएन । जसले गर्दा आज बजारमा थप धक्का पुर्यायो ।

आज २०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा जम्मा ८ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिएको छ । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS