काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९ /८० को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सामान्य सुधार देखिएको छ ।
१ अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा २४ करोड ६८ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ३२ करोड २२ लाख रुपैयाँ थियो । कम्पनकिो बीमा कोषमा ९६ करोड २७ लाख रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले ९ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा कम्पनकिो नाफामा सामान्य सुधार भएको हो ।
कम्पनीले ४० करोड २८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले ४० करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन सामान्य बृद्धि भएको हो ।
यस अवधिमा कम्पनीले १० करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत वर्ष ११ करोड ७७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ रहेको छ । प्रति शेयर नेटवर्थ २ सय रुपैयाँ रहेको छ ।