IME Life
Beema Board

नेपाल टेलिकमको ६ महिनाको मुनाफा ४ अर्ब २५ करोड, प्रतिशेयर आम्दानी कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ४ अर्ब २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ९.१६ प्रतिशतले मुनाफा बढाउन सफल भएको छ । गत वर्षको यहि अवधिमा खुद मुनाफा तीन अर्ब ८९ करोड रुपैया थियो ।

टेलिकमको सञ्चालन आम्दानी भने ५.८८ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा टेलिकमले १८ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १९ अर्ब २० करोड रुपैयाँ थियो । अन्य आम्दानी भने ४४ प्रतिशतले बढेर ४ अर्ब २ करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

टेलिकमको चुक्ता पूँजी २० प्रतिशतले बढे पनि मुनाफामा सुधार हुँदा प्रतिशेयर आम्दानी ४३ रुपैयाँबाट बढेर ४७ रुपैयाँ पुगेको छ । हालको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७४ अर्ब ३२ करोड रुपैयाँ जम्मा भएको छ । लाभाश वितरण पछि जगेडा कोष ५ प्रतिशतले घटेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS