Connect IPS
IME Life

शिखर इन्स्योरेन्सको मुनाफामा सामान्य गिरावट, कुल बीमा शुल्क आर्जन २ अर्ब ६५ करोड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद नाफा घटेको छ । कम्पनीले यस अवधिमा २४ करोड ७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा २४ करोढ ३० रुपैयाँ लाख आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जनमा भने एकदमै थोरै मात्रै बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ७७ करोड ५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा कुल बीमा शुल्क आर्जन भने २ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्क आर्जन १२ प्रतिशतले बढेको छ । गत वर्षको यहि अवधिमा कुल बीमा शुल्क आर्जन २ अर्ब ३५ करोड थियो ।

Prabhu
Crest

त्यस्तै बीमालेख संख्या पनि २.६३ प्रतिशतले मात्रै बढेको देखिन्छ । कम्पनीले समिक्षा अवधिमा एक लाख २४ हजार वटा पोलिसी जारी गरेको छ । दाबी भुक्तानी ६.५ प्रतिशतले बढेको छ । कम्पनीले ४२ करोड ४९ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३९ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

शिखरको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८१ करोड रहेको छ । कम्पनीले केहि दिन अगाडी मात्रै एकै पटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा गरेर १६ प्रतिशत बोनस दिने प्रस्ताव पारित गरिसकेको छ । प्रतिशेयर आम्दानी भने २१ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ रहेको छ । शिखरको बीमा कोषमा एक अर्ब ५१ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS