IME Life
GBIME

रिलायन्स लाइफको जीवन बीमा कोष २६ प्रतिशतले बढ्यो, मुनाफामा उल्लेख्य सुधार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष २६ प्रतिशतले बढेको छ । कम्पनीको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कोषमा २ अर्ब २५ करोड रुपैयाँ जम्मा भएको छ । गत वर्षको यहि अवधिमा तीन अर्ब ३६ करोड थियो ।

समिक्षा अवधिमा रिलायन्स लाइफले ११९ प्रतिशलते मुनाफा बढाउन सफल भएको छ । कम्पनीले समिक्षा अवधिमा १६ करोड ६७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा ७ करोड ६० लाख रुपैयाँ थियो । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा बीमा शुल्कमा भने खासै सुधार देखिदैन । पुस मसान्तसम्ममा रिलायन्सले एक अर्ब ३७ करोड रुपैयाँ खुद बीमा गर्न आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा एक अर्ब ३५ करोड थियो ।

Crest

जीवन बीमा व्यवसाय भित्र्याउने अभिकर्ताले पाउने कमिशनमा २२ प्रतिशतले घटेको छ । अभिकर्ताले १८ करोड ४१ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । गत वर्षको यहि अवधिमा २३ करोड ७७ लाख रुपैयाँ प्राप्त गरेका छन् । कम्पनीको जीवन बीमा शुल्क आर्जनमा प्रथम भन्दा नविकरण बीमा शुल्कको हिस्सा धेरै छ । यसले गर्दा कमिशन घटेको हो ।

बीमा कम्पनीको दाबी भुक्तानी भने ६६ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले ४७ करोड ७१ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ । गत वर्षको यहि अवधिमा जम्मा २८ करोड ६३ लाख रुपैयाँ मात्रै थियो । चुक्ता पूँजी २ अर्ब १० करोड रहेको रिलायन्सको जगेडा कोषमा ३९ करोड ९४ लाख रुपैयाँ जम्मा भएको छ । मुनाफामा उल्लेख सुधार सँगै प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थ भने १२१ रुपैयाँ छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS