Connect IPS
IME Life

भ्यालेन्टाइनको अवसरमा भिभोले ल्यायो आकर्षक अफर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रेमको रंगमा रङ्गिएको फेब्रुअरीमा प्रेमलाई खुलेर उत्साहको रुपमा प्रकट गर्ने गर्दछन् । आफ्नो प्रियजनलाई विशेष अनुभूति गराउन उत्तम तरिका खोज्ने यस समयलाई मध्यनजर गर्दै भिभोले विशेष अफर ल्याएको छ ।

भ्यालेन्टाइनलाई अझ विशेष बनाउन भिभोले ग्राहकहरुका लागि विशेष योजना ल्याएको छ । जहाँ १० फेब्रुअरी देखि १४ फेब्रुअरीसम्म कुनै पनि भिभो स्मार्टफोन खरिद गर्ने एक जना भाग्यशाली ग्राहकले १५ हजारको स्टेकेशन जित्ने मौका प्राप्त गर्नेछन् । ती मध्ये यी स्मार्टफोनहरु भ्यालेन्टाइन उपहारका लागि उत्कृष्ट हुन सक्छन् :

Prabhu
Crest

१) भी२३ई
भिभो भी२३ई फोटोग्राफीप्रति रुचि भएका वा तस्विरहरू क्लिक गर्न मन पराउने तपाईंको विशेष व्यक्तिलाई उपहार दिनको लागि उत्कृष्ट स्मार्टफोनहरू मध्ये एक हो । यसमा ५० एमपी अटोफोकस पोट्र्रेट सेल्फी क्यामेरा र पछाडि ६४ एमपी नाइट क्यामेरा रहेको छ र भी२३ई को ८एमपी वाइड एंगल र २एमपी म्याक्रो क्यामेराले उच्च–रिजोल्युसनका तस्विरहरू प्रदान गर्दछ । यसमा भएको आई अटोफोकसले असाधारण परिशुद्धताका साथ आँखामा फोकस गरेर प्रयोगकर्ताहरूलाई प्रेम र खुशीका क्षणहरू द्रुत रूपमा खिच्न सक्षम बनाउँछ । भी२३ई ले ४४ वाट फ्ल्यासचार्ज मार्फत सहज प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । यो दुईवटा भेरियन्ट –८ + १२८ जीवी भेरियन्टमा ३६,९९९ र ८ + २५६ जीवी भेरियन्टमा ४१,९९९ मा उपलब्ध छ ।

२) वाई२०एस
अर्को उपहार विकल्प, वाई२०एस मा विशाल ५००० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ । यसमा ४ जीवी र्याम र १२८ जीवी रोमको साथ प्रशस्त स्टोरेज क्षमता रहेको छ । वाई२० एस मा ८एमपी सेल्फी क्यामेरा र १३एमपी ट्रिपल रियर क्यामेरा समावेश छ । यसमा आखाँको आरामका लागि आई प्रोटेक्शन मोड पनि रहेको छ । फोनलाई उत्कृष्ट फोटोग्राफी प्रकार्यहरूसँग सुन्दर ढंगले डिजाइन गरिएको छ जसले कुनै पनि समय, जहाँसुकै निर्बाध प्रदर्शन गर्न अनुमति दिन्छ । यसको मुल्य २३,४९९ रहेको छ । गुणस्तर र स्टाइलको प्रतिक यो स्मार्टफोन तपाईको प्रियजनको लागि उत्कृष्ट उपहार हुनसक्छ ।

३) वाई१५सी
स्पष्ट तस्वीरका लागि वाई१५सी मा १३ एमपी रियर क्यामेरा रहेको छ र ५०००एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कार्यका लागि पर्याप्त चार्ज प्रदान गर्दछ । यसमा साइड –माउन्टेड फिंगरप्रिन्ट स्क्यानर छ जुन स्लिम देखिन्छ र एक परिष्कृत छवि दिन्छ । यो तपाईंको प्रियजनका लागि उत्तम उपहार हुनसक्छ र यसको मुल्य १४,९९९ रहेको छ ।

४) वाई ५३एस
वाई५३एस शक्तिशाली ब्याट्री, सुन्दर डिजाइन र शक्तिशाली मेमोरी भएको स्मार्टफोन हो । यस भ्यालेन्टाइन डेको सम्झनाहरू संगालनका लागि यसमा ८ जीवी र्याम र १२८ जीवी रोम रहेको छ । वाई ५३एसमा ६४ एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा, २एमपी म्याक्रो क्यामेरा र १६ एमपी फ्रन्ट क्यामेरा रहेको छ । यसमा ५००० एमएएच ब्याट्री र ३३ वाट फ्ल्यास–चार्ज रहेको छ । यसको मुल्य ३०,९९९ रहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS