IME Life
GBIME

एलआइसी नेपालको जीवन बीमा कोष १ खर्बमाथि, खुद नाफा २८% ले बढ्दा इपिएस कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एलआइसी नेपाललले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार खुद नाफा बढे पनि खुद बीमा शुल्क आर्जन र खुद दाबी भुक्तानीमा भने गिरावट देखिएको छ ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडा कोषमा ७१ करोड ३४ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब २३ करोड संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो जगेडा कोषमा रकम घटेको हो ।

Crest

यस अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १ अर्ब २१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष कम्पनीको जीवन बीमा कोषमा ८६ अर्ब ४९ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भएको छ । महाविपत्ती कोषमा ३६ करोड १५ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीले ९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो नाफा २८ प्रतिशतले बृद्धि भएको हो ।

यस अवधिमा कम्पनीले ८ अर्ब ६८ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९ अर्ब ५८ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ९ प्रतिशतले कमी हो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ९७ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २६ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले यस अवधिमा कम दाबी भुक्तानी गरेको देखिएको छ ।
यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ ४२६८ रुपैयाँ २४ पैसा रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS