काठमाडौं । पछिल्लो समय नेपालीहरुमा पनि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । विभिन्न उत्सवहरुमा जीन्सी सामान, गरगहना लगायतका उपहार दिनुको सट्टा पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ ।
यसैबीच बर्दिबास नगरपालिका वडा नं १४ महोत्तरी निवासी सबिन आले मगर बुबा,आमा उषा कुमारी थापा मगरले आफ्नो छोराको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले आफ्नो छोरा १ वर्ष पुगेको अवसरमा रिलायन्स लाइफ इन्स्योरेन्सको उप शाखा सिन्धुलीबाट बाल बीमा योजना (मेरो मुटु) उपहार दिएका हुन् । मगरका दम्पत्तिले छोरालाई ८ लाखको योजना दिएका हुन् ।
आज गरेको बीमाले सेभिङका साथै, जोखिम बहन र भोलिको भविष्य सुरक्षित गर्ने भएकाले मगर दम्पत्तिले आफ्नो छोरालाई बीमा पोलिसी उपहार दिएका हुन् ।